१० असार २०८३, बुधबार

वसन्तपञ्चमीमा पहेँलो रंगको महत्व

कात्तिक २०, २०७४
वसन्तपञ्चमीमा पहेँलो रंगको महत्व
काठमाडौं, १९ माघ– हिन्दूधर्ममा पहेँलो रंगलाई शुभ मानिन्छ । पहेँलो रंग शुद्ध र सात्विक प्रवृत्तिको प्रतिक मानिन्छ ।
यसले सरल र निर्मललाई जनाउँछ ।

थाहा पाउनुस् वसन्तपञ्चमीमा पहेँलो रंगको महत्व
वसन्तपञ्चमीको दिन पहेँलो रंगको विशेष महत्व छ । वसन्तपञ्चमीको समयमा धर्तीमा फूल फुलेर पहेँलो देखिन्छ । यसकारण आजको दिन पहेँलो रंगको लुगा लगाएर वसन्तपञ्चमीलाई स्वागत गर्ने प्रचलन छ ।

वसन्तपञ्चमीको बेला सूर्य उत्तरायण हुने गर्छ । यसले हामीलाई सूर्यजस्तै गम्भीर र प्रखर बन्न प्रेरणा दिन्छ । सबै ऋतुको राजाको रुपमा वसन्त ऋतुलाई लिइन्छ । यो समयमा धर्तीमा उर्वरता छाउँछ र फूल फुलेर हराभरा हुने गर्छ ।
वसन्तपञ्चमीलाई प्रकृतिको उत्सवको दिन मानिन्छ । यस दिन विद्याकी देवी सरस्वतीको विधिवत पुजाआजा गर्ने तथा ससाना बालबालिकालाई अक्षर आरम्भ गराउने प्रचलन छ ।
यो दिन कपडा मात्रै होइन खाना पनि पहेँलो रंग बनाएर खाने प्रचलन छ । जस्तै पहेँलो रंगको चामल, पुरी, लड्डु र खीर ।

एक शोधको अनुसार पहेँलो रंगको कपडा लगाउँदा दिमागमा सोच्ने क्षमता बढ्ने तथा भित्री उर्जा सक्रिय हुने गर्छ । यसले जीवनमा खुशी र उमंग ल्याउने विश्वास गरिन्छ । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्