
काठमाडौं, १० चैत १०– फ्रान्समा तीन जनाको हत्या गरेका आतंकवादी कार्यमा संलग्न एकजना बन्दुकधारी सुरक्षा कार्वाहीमा मारिएका छन् । आफू मारिनुअघि ती व्यक्तिले ट्रेब नगरस्थित एक सुपरमार्केटमा प्रवेश गरी अरू तीन जनाको हत्या गरेका थिए ।
बन्दुकधारीले आफू लडाकु समूह आईएससँग सम्बन्धित भएको दाबी गरेका थिए । उनी मोरक्कोको नागरिक भएको बताइएको छ ।
सुपरमार्केटमा छिर्नुअघि एउटा कार आफ्नो नियन्त्रणमा लिने क्रममा उक्त व्यक्तिले कारमा रहेका एक जनाको हत्या गरेको र चालकलाई घाइते बनाएका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार बन्दुकधारी गोली चलाउँदै सुपरमार्केटभित्र छिरेका थिए ।