१२ असार २०८३, शुक्रबार

के को तयारीमा जुटे अनमोल

के को तयारीमा जुटे अनमोल

अनमोल केसी यतिवेला नयाँ फिल्म ‘क्याप्टेन’ को तयारीमा जुटेका छन् । निर्माण पक्ष छायांकनको तयारीमा लागेको बुझिएको छ ।

दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म भुवन केसीले निर्माण गर्न लागेका हुन् । भदौतिर प्रदर्शन गर्ने तयारीमा रहेको उक्त फिल्मलगत्तै अनमोल ‘कृ–२’ मा अनुबन्धित हुने बुझिएको छ ।

‘कृ’ का निर्माता सुवास गिरीले ‘कृ–२’ मा पनि अनमोललाई लिने मनसाय बनाएको बुझिएको छ ।  माघ २६ बाट प्रदर्शन भएको फिल्म ‘कृ’ भने अपेक्षा गरेअनुरूप सफल हुन सकेन । तर, निर्माताको लगानी भने यसले सुरक्षित गरेको बताइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्