३१ जेठ २०८३, आइतबार

नाइजेरियामा दुई बच्चीले बम विस्फोट गराएको खुलासा

कात्तिक २०, २०७४
नाइजेरियामा दुई बच्चीले बम विस्फोट गराएको खुलासा
काठमाडौं, २७ मंसिर — सात वा आठ वर्षका दुई बच्चीलाई उत्तरपूर्वी नाइजेरियामा आइतवार गरिएको बम आक्रमणमा प्रयोग गरिएको खुलासा भएको छ । विस्फोटनमा परी कम्तीमा एक व्यक्तिको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए ।


बोर्नो राज्यको माइदुगुरी शहरको व्यस्त बजारमा आक्रमण भएको प्रहरीले बताएको छ ।

ती बच्चीहरूले केही मिनेटको अन्तरमा बम विस्फोट गरेको प्रत्यक्षदर्शीहरूले बताए । दुवै बच्चीहरू विस्फोटमा मारिएका थिए ।

बम आक्रमणको जिम्मेवारी कसैले लिएको छैन तर बोको हरामका लडाकुले यस्ताखाले आक्रमण गर्ने गरेका छन् ।

विगत केही महिनामा नाइजेरियाली सेनाले बोको हराममाथि विजय प्राप्त गरेको भएपनि यो समूहले नियमित बम आक्रमण गरिरहेको छ ।

माइदुगुरीको मिलिसियाका एक सदस्य अब्दुल बरीम जाबोले मिडियालाई बताए अनुसार सात वा आठ वर्षका बच्चीहरू रिक्शा चढेर बजार आएका थिए ।

बीबीसी

salt training

कमेन्ट गर्नुहोस्