
दमदार अभिनयमा आफ्नो पहिचान बनाएकी विद्या बालका लागि हिन्दी फिल्म उद्योगमा एक सयम यस्तो समय पनि आएको थियो कि उनी फिल्म उद्योगनै छोड्न चाहेकी थिइन् ।
एक अन्तरवार्तामा विद्यावालनले बताए अनुसार फिल्म ‘हे बीबी र ‘किस्मत कनेक्शन’ को समयमा तौर र लगाइएको कपडाका विषमा भएको आलोचनाका कारण उनी चिन्तित भएकी थिइन् ।

उनले केही सयम आफ्नो तारिक भएको विषय एक संयोग मात्र त हैन भनेर सोच्न बाध्य भएको बताइन् । यसबीच दक्षिण फिल्म उद्योमा आफ्नो धेरै आलोचना भएको बताएकी थिइन् ।
विद्या भन्छिन्,‘मलाई लागेको थियो कि कही म यो उद्योगका लागि लायक नभएको हो की ?, मलाई लाग्यो की म दृढ हुनुपर्छ र बाहिर निकल्नुपर्छ ।’
फिल्म पा, डर्टी पिक्चर या फेरि सुजाय घोषको फिल्म कहानी जस्ता फिल्को विद्या बालने सफल हुन्छन् भन्ने कल्पनासमेत गरेकी थिइनन् ।

करियरको शुरुवातमा परिनीता तथा मुन्न भाई जस्ता फिल्मका लागि विद्या बालको तारिफ भएको थियो ।
आज कुर्न पनि महिला प्रधान फिल्मका लागि विद्या हर निर्देशकको पहिलो रोजाईमा छिन् ।
यस सफलतामा पुग्नका लागि उनलाई सहज भने पक्कै थिएन । तमाम आलोचनापछि यदी आज उनी यस सफलताको लागि उनी आफ्नो जिद्दी स्वभावकालागि धन्यवाद दिन्छिन् ।

विद्या भन्छिन् ‘म ठीक छु, यस्तो आलोचनापछि पनि म बदलिन शायद यसै कारण म विद्या बालन हु ।’