०१ असार २०८३, सोमबार

लागूऔषध बेचबिखनमा संलग्न दुईजना पोखराबाट पक्राउ

लागूऔषध बेचबिखनमा संलग्न दुईजना पोखराबाट पक्राउ

पोखरा, १० चैत - लागुऔषध नियन्त्रण ब्यूरो पोखराले लागूऔषध बेचबिखनमा संलग्न दुईजनालाई आज पक्राउ गरेकोछ । 

पक्राउ पर्नेमा बागलुङ नगरपालिका वडा नं ७ र १३ का क्रमशः अमन नेपाली र किशोर खत्री रहेका छन् । 

प्राप्त सूचनाका आधारमा ब्यूरोका प्रमुख प्रहरी निरीक्षक रवीन्द्रमान गुरुङको नेतृत्वमा खटिएको विशेष टोलीले उनीहरुलाई लागुऔषधसहित पोखरा लेखनाथ महानगरपालिका–१७ छोरेपाटनबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट नर्पिmम ७० थान, डाइजापाम ७० थान, फेनरागन ७० थान गरी कूल २१० थान लागुऔषधसहित दुई थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी निरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्