११ असार २०८३, बिहीबार

राजधानीलाई यसरी हरियाली बनाउँदै छ महानगर

चैत ११, २०७४
राजधानीलाई यसरी हरियाली बनाउँदै छ महानगर

काठमाडौं, ११ चैत - महानगरपालिकाले महानगरको सौन्दर्य कायम गर्न महानगर क्षेत्रका मुख्य सडक मार्गमा वृक्षारोपणगर्ने भएको छ। 
वनस्पति विभाग, विन कार्यालयर फ्लोरिकल्चर एसाेसियसनको सहयोगमा १५ वटा सडकमार्गमा १५ हजार ६ सय ७६ वटा वृक्षारोपण गर्न लागिएको हो।
 कामपा वातावरण विभागका प्रमुख हरि कुँवरले महानगर क्षेत्रको ४७ किलोमिटर क्षेत्रमा वृक्षारोपण गर्न लागिएको जानकारी दिए।  उनले पहिचान भएको रुटमा असारदेखि वृक्षारोपण गरिने जानकारी दिए। ती क्षेत्रमा गोल्डेन घूपी, चेरी, टुपडिनथस, गङ्गो बाइलोवा, पैयुँ, चाँप, कोइरालो, टाँकी, मयूरपङ्खी, धूपी, राजवृक्ष, करबिर, आकाश नियानलोटिका, परिजात, स्वामी, लकपाङरा, कल्की, जामुनलगायत दुई दर्जनप्रजातिका वृक्षारोपण गरिनेछ।
 विभागका आर्किटेक्ट इन्जिनियर प्रमिला पराजुलीले राजधानीको सौन्दर्य कायम गर्न वृक्षारोपण गर्न लागिएको जानकारी दिँदै भनिन्, सबै निकायको सहयोगमा राजधानीलाई हरियाली बनाउन वृक्षारोपण गर्न खोजिएको हो’। 
पहिलाे रुटअन्तरगत कलंककी–टेकु, त्रिपुरेश्वर, थापाथली, माइतीघर, दोस्रो रुटमा थापाथलीदेखि माइतीघर पुतलीसडक, कमलादी जयनेपाल हलमा वृक्षारोपण गरिने आजको नेपाल समाचारपत्रमा खबर छ |
 

salt training

कमेन्ट गर्नुहोस्