
काठमाडौं ११ चैत– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नारायणगढ–मुग्लिन सडकको अनुगमन गरेका छन् ।
गत बर्ष नै सम्पन्न हुनुपर्ने सडक पटक पटक म्याद थप गर्दापनि निर्माण सम्पन्न नभएपछि मन्त्री महासेठ आइतवार अनुगमनमा निस्किएका हुन् । उनले असार मसान्त अगावै सडक निर्माणको काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।
राजधानी काठमाडौंलाई जोड्ने मुख्य राजमार्ग निर्माणमा भएको ढिलाइले दैनिक हजारौ यात्रुले शास्ती व्यहोर्न बाध्य छन् ।
यसअघि प्रदेश ३ का मुख्यमन्त्री डोरनाथ पौडेलले केही समय पहिले राजमार्गको अनुगमन गरेका थिए ।