११ असार २०८३, बिहीबार

इजरायली युद्धक विमानद्वारा गाजामा रातभर आक्रमण

चैत ११, २०७४
इजरायली युद्धक विमानद्वारा गाजामा रातभर  आक्रमण

जेरुसेलम, ११ चैत - प्यालेटिनीहरूले दक्षिणी इजरायली सिमा क्षेत्रमा आक्रमण गरेपछि इजरायली युद्धक विमानले रातभर प्रत्याक्रमण गरेको इजरायली सेनाले शनिबार बताएको छ । 
इजरायली सेनाले अङ्ग्रेजी भाषामा जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, सेनाको हवाई आक्रमणमार्फत आतङ्कवादीको राफास्थित संगठनको सैन्य आधार शिविरलाई लक्षित गरी आक्रमण गरेको जनाइएको छ । 
आक्रमणबाट हमासले युद्धको लागि बन्दोबस्तीका सामान लगायतका सामग्री नष्ट गरिदिएको इजरायली दैनिक हारेट्जले सेनालाई उद्धृत गरी जनाएको छ । 
हमास विद्रोहीले सिमा क्षेत्रमा अतिप्रज्ज्वलनशील पदार्थ भरिएका बोतलमा आगो लगाएर सुरक्षा अधिकारीमाथि आक्रमण गरेपछि इजरायलले युद्धक विमानको सहयोगमा प्रत्याक्रमण गरेको सेनाको दावी छ । 
घटनामा दुवै पक्षमा हताहती भएको वा घाइते भएको समाचार छ । सेनाले आक्रमण थालेपछि विद्रोही भागेका इजरायली अधिकारीले बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्