
फ्रान्स, ११ चैत - फ्रान्सेली क्रिश्चियन धर्मगुरुले शुक्रबार फ्रान्सको एक सुपरमार्केटका कर्मचारीलाई बन्दी अवस्थाबाट छुटाउने क्रममा मृत्युवरण गरेका एक प्रहरी अधिकारीको प्रशंसा गर्दै उहाँको बहादुरीको कदर गर्दे उहाँको स्मृतिमा राष्ट्रिय स्मारक निर्माण गरिने भएको छ ।
इश्लामिक अतिवादीको आक्रमणबाट जीवन गुमाएका मृतकका आफन्त तथा अन्य फ्रान्सेली नागरिक सेन्ट एटिना दे ट्रेब्स चर्चमा शनिबार जम्मा भएको सभालाई सम्बोधन गर्दै कार्कासन तथा नार्वन चर्चका धर्मगुरूहरूले लेफ्टिनेन्ट कर्नेल अर्नुद वेल्ट्रामले आक्रमणकारीसँग लडेर सुपरमार्केटमा बन्धक बनेका अन्य नागरिकलाई जोगाएको भन्दै मुक्त कण्ठले प्रशंसा गर्नुभयो ।
उक्त घटनामा ज्यान गुमाएका वेल्ट्राम तथा अन्य तीन जनाप्रति सम्मान अर्पण गरिएको थियो ।
उक्त अवसरमा उल्लेख्य सङ्ख्यामा उक्त क्षेत्रका मुसलमान समुदायको पनि सहभागिता रहेको थियो ।
धर्मगुरूहरू तथा उपस्थित जनसमुदायले मृतक प्रहरी बेट्रामको असाधारण भक्तिको प्रशंसा गर्दै उनको मृत्युले सम्पूर्ण फ्रान्सलाई स्तब्ध पारेको बताएका थिए ।
वेट्रामको नागरिकप्रतिको जिम्मेवारीवोधको प्रशंसा गर्दै उहाँको स्मृतिमा राष्ट्रिय स्मारक निर्माण गर्न राष्ट्रपति इमानुयल म्याक्रोँले निर्देशन दिनुभएको छ ।
वेट्रामको प्रतिरक्षाका कारण बन्धक सवैले आक्रमणकारीको प्रतिरोध गरेका थिए भने एक जना आक्रमणकारीको घटनास्थलमा नै मृत्यु भएको थियो । घटनामा सम्लग्न रहेका भनिएका दुई जनालाई प्रहरीले हिरासतमा लिई अनुसन्धान अघि बढाएको छ ।