
काठमाडौं, १२ चैत–रुसमा एउटा शपिङ सेन्टरमा आगलागी हुँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । साइबेरियास्थित केमेरोफोको विन्टर चेली मलको चौथो तलबाट आगलागी शुरु भएको हो ।
केही व्यक्ति वेपत्ता भएका बताइएको छ । एक सय जनाभन्दा बढीलाई उद्दार गरिएको छ । त्यहाँ सिनेमा घरमा पनि रहेको बताइएको छ । मृत्यु हुनेहरु धेरैजसो सिनेमा घरमा रहेकाहरु छन् । सिनेमाघरका दुई हलका छत आगलागीबाट खसेका छन् ।
टेलिभिजनमा देखाइएको तस्विरहरुमा शपिङ सेन्टरबाट बाक्लो धुँवा निस्किरहेको र मानिसहरु झ्यालबाट बाहिर हामफालेको देखिन्छ । अग्निनियन्त्रक र उद्दार टोली घटनास्थलमा परिचालित छन् । केमेरोफो शहर रुसको राजधानी मस्कोबाट २ हजार २ सय मील टाढा पर्दछ ।