२५ जेठ २०८३, सोमबार

कार्यालयमा आगलागी : १५ लाखको क्षति

कार्यालयमा आगलागी : १५ लाखको क्षति

झापा, १२ चैत- कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ । 

आइतबार राति शुरु भएको आगलागी आज बिहान मात्रै सो संस्थाका सञ्चालक समितिका पदाधिकारी, कर्मचारी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । 

आगलागीबाट सभाकक्षका झ्याल, ढोका र सभाकक्षमा रहेका सम्पूर्ण फर्निचर नष्ट भएको संस्थाका अध्यक्ष प्रेमप्रसाद दाहालले जानकारी दिनुभयो । आगलागीको कारण भने खुल्न सकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्