
बलिउड अभिनेता उदय चोपडा चाहे बलिउडबाट जतिसुकै टाढा भएपनि यी अभिनेता सामाजिक सञ्जालमा निकै सक्रिय छन् ।
सामाजिक सञ्जालमा उदय कयौं सामाजिक मुदाका विषयमा लेख्छन् । तर उनको हालसालैको एक पोस्ट अब चर्चाको विषय बनेको छ ।
उनले आफ्नो पोस्टमा केही यस्तो भनाइ राखेका थिइ जसका कारण उनी समस्यामा परहेका छन् । पोस्ट शेयर गरेपछि परिवारसहीत ज्यान मार्ने धम्की नै आएको छ ।
इन्टाग्राममा केही पहिला उनले एक पोस्ट गरेका थिए । जसमा लेखिएको थियो‘काम गर्नेवाला दुई हात प्रार्थनामा जेटेका छन् एक हजार हात भन्दा धेरै काम गरिरहेका छन् ।’
उदयको यो पोस्ट एक गहिरो सन्देश दिने खालको छ तर केही धार्मिक कट्टरपन्थीले आपत्ति जनाएका छन् ।
धेरैले उनको यो पोस्टको समर्थन गरेका छन् ।
यसका अलावा केहीले भने अभिनेता र उसको परिवारलाई पूर्णरुपमा सिध्याउने चेतावनी दिएका छन् ।