१० असार २०८३, बुधबार

मुन बोले - मा राष्ट्रपतिको उम्मेदवार होइन

कात्तिक २०, २०७४
मुन बोले - मा राष्ट्रपतिको उम्मेदवार होइन


सोल, १९ माघ - संयुक्त राष्ट्रसङ्घका निवर्तमान महासचिव बान की मुनले दक्षिण कोरियाको राष्ट्रपतिको निर्वाचनमा आफू उम्मेदबार नहुने स्पष्ट पारेका छन् ।ban-ki_moon

आफ्नो मातृदेशमा मङ्गलबार भएको आकस्मिक पत्रकार सम्मेलनमा उनले आफू राष्ट्रपतिको दौडमा नभएको स्पष्ट हरेद्का हुन् ।

देशमा राजनीतिक परिवर्तन गराउने र राष्ट्रिय एकतामा बाँध्ने आफ्नो इच्छा शक्तिलाई देशका नेतामार्फत् लगाउने पनि बानले संवाददातालाई बताए । उनले आफ्नो यो निर्णयबाट आफ्ना सुभेच्छुकलाई चित्त दुःखेपनि आफू राष्ट्रपतिको उम्मेदवार नहुने जानकारी दिए ।

उनले अहिलेसम्म कहिल्यै पनि आफू राष्ट्रपतिका लागि उम्मेदवार हुने औपचारिक रुपमा कहीँ बताएका छैनन् । उनले आयोजना गरेको पत्रकार सम्मेलन कुनै पूर्वतयारीबिना भएको थियो । उनी गत जनवरी १२ मा मात्रै आफ्नो देश दक्षिण कोरिया फर्किएका हुन् ।

मुनले सम्हालेको संयुक्त राष्ट्रसङ्घको सबैभन्दा माथिल्लो पदको दोस्रो पाँचवर्षे कार्यकाल गत वर्षको अन्तिममा सम्पन्न भएको थियो । उनले आफूसँग सहकार्य गर्न चाहने तथा सहयोग लिन चाहाने जो सुकैलाई पनि आफूले सहयोग र सल्लाह दिन सक्ने बतेद्का छन् ।

salt training

कमेन्ट गर्नुहोस्