
वीरगन्ज, १३ चैत– पर्सा प्रहरीले ६ महिनामा जिल्लाका विभिन्न स्थानबाट ४५ किलो ७ सय ९० ग्राम चरेस बरामद गरेको छ । प्रहरीले चालू आर्थिक वर्ष ०७४÷०७५ को ६ महिनाभित्र पाँचपटकमा ६ जनालाई पक्राउ गरी ४५ किलोभन्दा बढी चरेस बरामद गरेको हो ।
१२ असोजमा १६ किलो ७ सय ९० ग्राम, १६ कात्तिकमा ११ किलोग्राम, १० माघमा १० किलो ५ सय ग्राम र १० चैतमा ४ किलोग्राम गरी ४५ किलो ७ सय ७० ग्राम चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
मकवानपुर हुँदै ल्याइने चरेस वीरगन्ज बसपार्क क्षेत्रलाई केन्द्र बनाएर सञ्चित गर्ने र मौका छोपेर भारतीय बजारमा लगेर बिक्री गर्ने गरिएको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बताए । ‘चरेस ओसार–पसारमा बालबालिकासहित महिला र गर्भवतीको समेत प्रयोग भइरहेको पाएका छौँ,’ उनले भने ।, नयाँ पत्रिकामा खबर छ ।