.jpg)
काठमाडौं, १३ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नेपालमा रहेका विभिन्न देशका राजदूत तथा कुटनीतिक नियोगका उच्च पदाधिकारीसँग भेटवार्ता गर्दै छन् । मध्याह्न प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलमा प्रधानमन्त्री ओलील निर्वाचनपछि फेरिएको राजनीतिक अवस्था र सरकारको प्राथमिकताका बारेमा विभिन्न जानकारी गराउने छन् ।
सरकारको भावी योजना तथा वैदेशिक नीतिका बारेमा प्रधानमन्त्रीले नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई आफ्नो सरकारको नीतिबारे सामुहिक ब्रिफिङ गर्न लागेका हुन् ।
यस्तै कुटनीतिक स्तरका औपचारिक भेटलाई नियमन तथा व्यवस्थित गर्ने प्रयासमा रहेका प्रधानमन्त्री ओलीले आफ्नो सरकारको यस सम्बन्धी नीतिका बारेमा पनि जानकारी गराउने छन् । युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण प्रतिवेदन विवादमा परेका बेला सरकारले काठमाडौंमा रहेका सबै कुटनीतिज्ञहरुसँग सामुहिक छलफल गर्न लागेको हो ।