०१ असार २०८३, सोमबार

उत्तर कोरियाली नेता किमको भ्रमणबारे चीनले भन्यो 'थाहा छैन'

उत्तर कोरियाली नेता किमको भ्रमणबारे चीनले भन्यो 'थाहा छैन'

बेइजिङ, १३ चैत - उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेको भन्ने समाचारप्रति चीनले अनविज्ञता प्रकट गरेको छ । 

उत्तर कोरियाली नेता किम वा उक्त देशका अर्का कुनै उच्च सरकारी अधिकारी चीन भ्रमणका क्रममा बेइजिङ पुगेको भन्ने बारेमा आएको समाचारलाई विदेश मन्त्रालयका प्रवक्ता हुवा च्युनिङले हल्लामात्र भन्नुभभएको छ । 

उहाँले भन्नुभयो– यदि त्यस्तो भ्रमणको समाचार भएको भए हामीले औपचारिकरुपमा नै विज्ञप्ति प्रकाशन गरेर जानकारी दिइसक्ने थियौँ, त्यस्तो केही होइन र यसबारेमा मलाई केही थाहा पनि छैन । 

हामीले यस विषयमा कुनै सूचना प्राप्त ग¥यौँ भने त्यसलाई सार्वजनिक गर्नेछौँ– बेइजिङमा मङ्गलबार आयोजित विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उहाँले सो जानकारी दिनुभयो । 

यसअघि केही सञ्चारमाध्यमले उत्तर कोरियाली नेता किम सुटुक्क बेइजिङ पुग्नुभएको समाचार आएको थियो । 

जापानी केही सञ्चारमाध्यमले उत्तर कोरियाली नेता किम रेल चढेर सुटुक्क चीनको राजधानी बेइजिङ पुगेको समाचार प्रकाशन, प्रशारण गरेका थिए । 

तर त्यस समाचारमा के कति सत्यता छ भन्ने बारेमा भने अझै पुष्टि हुन सकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्