
शनिवार सम्पन्न माओवादी केन्द्रको आकस्मिक बैठकले एकीकृत कम्युनिस्ट पार्टीको केन्द्रीय समिति तीन सय ५० जनासम्मको बन्ने हिसाब निकालेको छ ।
चुनाव सकिएको १५ दिनभित्र एकीकरण टुंगो लगाउने समझदारी बनाएका एमाले र माओवादीले लगभग ३ महिनापछि बल्ल त्यसको हिसाब किताव थालेका हुन् ।
एकताको काम पछि सार्दै जाँदा विभिन्नखाले आशंका उव्जिएको भन्दै बैठकमा सहभागीले चिन्ता व्यक्त गरेका थिए । ०४७ मा माले माक्सवादी मिल्दा १४ १४ को अनुपात मिलाइएकै शैलीमा ५० ५० प्रतिशतको नेतृत्व निर्माण गर्ने माओवादी प्रस्ताव रहेको आजको जनआस्थामा समाचार छ ।
त्यसो त एमालेका अग्नि खरेल, शिवमाया तुमबाहम्फे, सानुकुमार श्रेष्ठ विभिन्न राजकीय हैसियतका कारण पार्टी जिम्मेवारीबाट अलग्गिएपछि कामय २०३ सदस्यीय केन्द्रीय कमिटिमा माओवादीबाट ९९ जना थपेर तीन सय हाराहारीको बनाउने अर्को प्रस्ताव पनि छ ।
सोही बैठकमा गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादले पार्टीगत हैसियत मिलाउने कुरा प्रमुख भएको बताए ।