०९ असार २०८३, मंगलबार

भ्रष्टाचारका २४ हजार उजुरी

कात्तिक २०, २०७४
भ्रष्टाचारका २४ हजार उजुरी

काठमाडौं, २० माघ -राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७२/७३ को वार्षिक प्रतिवेदन बुझाएको छ ।ciaa report
शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा बुधबार अख्तियारका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातले २६औँ वार्षिक प्रतिवेदन बुझाएका हुन् । संवैधानिक निकायले वर्षभरि गरेका कामकारबाहीको प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गर्ने र उक्त प्रतिवेदन प्रधानमन्त्रीमार्फत संसद्मा प्रस्तुत हुने संवैधानिक प्रावधान छ, आजको गोरखापत्रमा खबर छ ।
प्रतिवेदन अनुसार अख्तियारले आर्थिक वर्ष २०७२/७३ मा ६७.६१ प्रतिशत सफलता प्राप्त गरेको छ । यस आर्थिक वर्षमा परेका २४ हजार ६९१ उजुरीमध्ये १६ हजार ६९४ उजुरी फस्र्याेट भई अख्तियारले उक्त सफलता हासिल गरेको हो । केन्द्रमा नौ हजार ५७३ र र मातहत कार्यालयमा छ हजार ९७२ वटा भ्रष्टाचारसम्बन्धी उजुरी अख्तियारमा परेका थिए ।
अख्तियारले झुठा शैक्षिक प्रमाणपत्रतर्फ ५२, सार्वजनिक सम्पत्तिको हानि नोक्सानीतर्फ १२१, घूस रिसवततर्फ ५६, गैरकानुनी लाभ वा हानितर्फ ४८, राजस्व चुहावटतर्फ सात, गैरकानुनी सम्पत्तितर्फ १२ र विविधतर्फ १३ गरी कुल ३१० जनाविरुद्ध यस आर्थिक वर्षमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । त्यस क्रममा एक अर्ब ३३ करोड ४० लाख दुई हजार ७१० रुपियाँ बिगो मागदाबी गरिएको अख्तियारले जनाएको छ ।
यसैगरी ५२ जनालाई विभागीय कारबाहीका लागि सिफारिस गरिनुका साथै सुझाव ९५, असुलउपर २०, ध्यानाकर्षण १०, दुष्परिणाम सच्याउन १० र सम्बद्ध निकायसमक्ष लेखी पठाइएको ८२ रहेको छ । अख्तियारले प्रारम्भिक र विस्तृत अनुसन्धानबाट त्यस आर्थिक वर्षमा १२ करोड ८७ लाख ४४ हजार ८४४ रुपियाँ असुलउपर गरेको छ भने एक अर्ब ४२ करोड ७८ लाख तीन हजार १२२ रुपियाँ असुलउपरका लागि सम्बन्धित निकायलाई लेखी पठाएको छ ।
अख्तियारको कारबाही एवम् पहल स्वरूप व्यक्तिको नाममा हस्तान्तरण भइसकेको पहाडमा छ हजार ७६० रोपनी र तराईमा पाँच हजार २३१ बिघा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्न लेखिएको छ भने विगत वर्षको निर्णयानुसार पहाडमा २३७ रोपनी १४ आना दुई पैसा एक दाम र तराईमा १३२ बिघा जग्गा नेपाल सरकारको नाममा कायम भएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्