२४ जेठ २०८३, आइतबार

कस्तो सुरक्षामा बस्छन् उत्तर कारियाली नेता किम जोङ उन ?

कस्तो सुरक्षामा बस्छन् उत्तर कारियाली नेता किम जोङ उन ?

आफूलाई विश्वको सर्वशक्तिमान देश ठान्ने संयुक्त राज्य अमेरिका लगायत अन्य शक्तिशाली देशका लागि ठूलो चुनौती बनिरहेका छन्, उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन । 

अमेरिकी राष्ट्रपतिसँग उनको वाक् युद्ध चलिरहेकै छ । छिमेकी दक्षिण कोरियासँग पनि उत्तरको राम्रो सम्बन्ध छैन । यसबीचमा उत्तरका सर्वोच्च नेता उन कति सुरक्षित छन् त रु संसारका धेरै मानिस उनको सुरक्षा व्यवस्थाबारे जान्न उत्सुक हुन्छन् नै । 

त्यसो त संसारका अन्य मानिसले उनलाई प्रत्यक्ष देख्न पाएका छैनन् । बेला बेलामा उनका तस्वीर मात्रै सार्वजनिक गरिन्छन् । उनको जीवनबारे विश्वका निकै कम मानिसलाई मात्रै थाहा छ । 

भनिन्छ कि उत्तर कोरियाको सर्वोच्च नेता भएपछि किम जोङ उनले कुनै पनि देशमा औपचारिक भ्रमण गरेका छैनन् । यद्यपि उनले सन् २०११ मा सत्ता सम्हालेयता पहिलो पटक चीनको भ्रमण गरेका छन् । यसलाई औपचारिक भ्रमण भनिएको छैन । उनी विदेश भ्रमण गर्न रुचाउँदैनन् । 

अमेरिकी खुफिया एजेन्शीको एक रिपार्टका अनुसार उत्तर कोरियाली नेता उनको सुरक्षाको लागि सैनिक निपूर्णता भएका व्याक्ति मात्र होइन विचारधारामा पनि स्पष्ट भएका सैनिक खटाइने गर्छ । 

साम्यवादी व्यवस्था रहेको उत्तर कोरियाका सर्वोच्च नेताको सुरक्षाको लागि विचारधारामा प्रतिवद्ध सैनिकसहित अन्य सैनिकको घेरा समेत रहने गर्छ । सशस्त्र सहित विना हतियारका सुरक्षाकर्मीलाई समेत उनको सुरक्षामा खटाइन्छ । 


किम जोङ उनको सुरक्षामा यति सम्म ख्याल गरिन्छ कि उनी सहभागी हुने टोलीमा उनीजस्तै देखिने अन्य दुई–तीन जना व्यक्ति पनि हुन्छन् । त्यसको उद्देश्य हो, कसैले किम को हुन् भनेर चिन्न नसकोस् । सार्वजनिक कार्यक्रमहरुमा जाँदा समेत निकै सचेत रहने उनको पूर्वसुरक्षा तयारी समेत निकै कडा हुने गर्छ ।

दक्षिण कोरियाको एक सरकारी एजेन्शीले केही वर्ष अगाडि सार्वजनिक गरेको रिपोर्टमा उनलाई ज्यानको खतरा रहेको उल्लेख थियो । किम आफ्नो हत्या हुन सक्ने डरमा सधैं रहन्छन् । अमेरिकाले आफ्नो हत्या गर्न जासुष परिचालन गरेको आरोप पनि उनले बारम्बार लगाइरहन्छन् । एजेन्शी

salt training

कमेन्ट गर्नुहोस्