३१ जेठ २०८३, आइतबार

२०७५ सालमा २२ वटा सार्वजनिक विदा कटौती

२०७५ सालमा २२ वटा सार्वजनिक विदा कटौती

काठमाडौं, १४ चैत– सरकारले २०७५ सालको विदामा २२ दिन कटौती गरेको छ । 

मन्त्रिपरिषद्को बुधवार साँझ बसेको बैठकले २२ वटा सार्वजनिक विदा कटौतीको निर्णय गरेको हो । 

सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाका अनुसार अब २०७५ सालमा ८२ दिन सार्वजनिक विदा हुने छ । यसमध्ये ६७ दिन सबैका लागि लागू हुने र २२ दिन विशेष धर्म, जात, क्षेत्र तथा सम्प्रदायका लागि हुने मन्त्री बास्कोटाले बताए । 

सरकारले २०७४ सालका १०४ वटा विदामध्ये १२ विदालाई पूर्ण रुपमा कटौती गरेको छ भने १० वटालाई आंशिक बनाएको छ । 

यसअघि धेरै सार्वजनिक बिदा हुने हुँदा सरकारी  सेवा प्रवाहमा समस्या भएको भन्दै बिदा कटौती गरिनुपर्ने  आवाज उठ्दै आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्