०५ असार २०८३, शुक्रबार

फलोअप : छोेरालाई 'आइरन'ले डाम्ने आमाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता

फलोअप : छोेरालाई 'आइरन'ले डाम्ने आमाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता

विराटनगर, १४ चैत - आफ्नै छोरालाई तातो 'आइरन'ले डाम्ने आमालाई मोरङ प्रहरीले पक्राउ गरेर ज्यान मार्ने उद्योगको मुद्दा दर्ता  गरेको छ । 

विराटनगर– ३ कमलमार्गकी सरला काफ्लेले आफ्नै ५ वर्षे छोरोलाई पारिवारिक झगडाको निहुमा पटकपटक शारीरिक यातना दिने गरेको खुलासा भएको थियो । 

विराटनगरस्थित  अन्नपूर्ण बोर्डिङ स्कुलमा युकेजीमा अध्ययनरत  छोरालाइ उनले मरणान्न हुने गरी कुटपिट तथा तातो आइरनले पोल्ने गरेको  भन्दै प्रहरीमा उजुरी परेको थियो  ।

 उनका श्रीमान विक्रम काफ्लेले मुद्धा दर्ता गराएका हुन् ।  

मोरङ प्रहरी प्रमुख अरुणकुमार बीसीले थप अनुसन्धानका लागि म्याद थप गरिएको र दोषी  पाइएमा कानुन अनुसार सजाय दिइने जानकारी दिए  ।

 पटकपटक बालककी आमा सरलालाई  बच्चा नकुट्न आग्रह गर्दा पनि नमाने पछि विद्यायलले हिजो प्रहरी प्रशासनलाइ खबर गरेको थियो ।

यो पनि पढ्नुहोस् 

छोरालाई सधैं कुट्थिन सरला, तातो ईस्त्रीले नै डामेपछि विद्यालयले गुहार्‍यो प्रहरी

salt training

कमेन्ट गर्नुहोस्