०५ असार २०८३, शुक्रबार

शिक्षकले विद्यार्थीलाई गाँजा र भाङ खुवाएपछि...

चैत १५, २०७४
शिक्षकले विद्यार्थीलाई गाँजा र भाङ खुवाएपछि...
सन्दर्भ तस्वीर

सिन्धुपाल्चोक, १५ चैत– कलिला बालबालिका पढ्ने स्कुल, जहाँबाट शिक्षा आर्जन गर्ने मात्रै नभई सम्पूर्ण सुरक्षाको अपेक्षासहित अभिभावकले आफ्ना छोराछोरीलाई पढ्न पठाएका हुन्छन् । 

गुणस्तरीय शिक्षाको मोहमा महँगो शुल्क तिरेर जलवीरेवासीले बालबालिकालाई बोर्डिङ स्कुल भर्ना गरे । तर, शिक्षकले खुवाएको गाँजा र भाङ लागेर तीन विद्यार्थी २४ घन्टा बेहोस भएपछि अभिभावक छाँगाबाट खसेझैँ भएका छन् । 

शिक्षकले जानाजानी दिएको गाँजाले कक्षा पाँचमा पढ्ने तीन बालक बेहोस भएका हुन् । बलेफी गाउँपालिका–१ जलवीरेमा रहेको ब्रह्मायणी इंग्लिस बोर्डिङ स्कुलमा पढ्ने १२ वर्षका कुन्दन थापा, दीपेश थापा र १३ वर्षका सन्देश सुनारलाई शिक्षकले तरकारीमा गाँजा र भाङ मिसाएर खुवाएका थिए ।

लामो समय बेहोस भएका कुन्दन थापालाई धुलिखेल अस्पताल लगेर उपचार गरिएको छ । दुई विद्यार्थीको उपचार जलवीरेमै भएको थियो ।

विद्यार्थी बेहोस भएपछि बुधबारदेखि सुरु भएको अन्तिम परीक्षा प्रभावित भएको छ । अभिभावकले बोर्डिङ प्रशासन र गाँजा खुवाउने शिक्षकको चर्को विरोध गरेका छन् ।, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्