३१ जेठ २०८३, आइतबार

मोटर बिगारेको भन्दै ६ बर्षकी बालिकालाई गोबर खुवाइयो

चैत १५, २०७४
मोटर बिगारेको भन्दै ६ बर्षकी बालिकालाई गोबर खुवाइयो

नेपालगन्ज, १५ चैत  - कोहलपुर क्षेत्रमा बालिका दुर्व्यवहारका घटना बढेका छन् । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

गत शनिबार एक १० बर्षीया बालिका बलात्कृत भइन् । प्रहरीले बलात्कार आरोपमा स्थानीय ३० बर्षीय थमबहादुर बुढाथोकीलाई पक्राउ गरेको छ ।

कोहलपुरस्थित दुर्गा खाजा घरनजिकै खेलिरहेकी बालिकालाई प्रलोभनमा पारेर उनले स्कुटरमा राखी गनापुरस्थित खेतमा पुर्याएर करणी गरेको प्रहरीले जनाएको छ ।

अर्की ६ बर्षीया बालिकालाई पानी तान्ने मोटर बिगारेको भन्दै भैंसीको गोबर खुवाएर दुर्व्यवहार गरिएको छ ।

कोहलपुर नगरपालिका ४ की ५० बर्षीया गीता परियारले गोबर खुवाएको प्रहरीले जनाएको छ ।

प्रहरीले बालिकालाई गोबर खुवाएको आरोपमा गीतालाई पक्राउ गरेको छ ।

गीताको घर आँगनमा खेलिरहेकी ती बालिकालाई मोटर बिगारेको आक्रोशमा उनले दुर्व्यवहार गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्