काठमाडौं, १५ चैत — अनुहारमा मुस्कान र औपचारिक रूपमा हात मिलाएर उत्तर कोरिया तथा चीनका राष्ट्रप्रमुखहरूले यही हप्ता गरेको भ्रमणले एकैचोटि धेरै संकेतहरू दिएको छ ।
हालै कोरियाली प्रायद्वीपमा तनावका घटना बढेका भएपनि प्योङयाङका लागि बेइजिङ एक महत्त्वपूर्ण साथी हो । उत्तर कोरियाले चीनलाई परै राखेर अन्य देशसँग सम्बन्ध प्रगाढ नबनाउने संकेत यसबाट पाइन्छ । उत्तर कोरियाका
नेता किम जोङ–उनले चीन गएर चीन नै आफ्नो निकट मित्र रहेको सन्देश दिएका छन् ।
किमले चीनका राष्ट्रपति सी चिनफिङग भेटघाट गरेको खबर किम देश फर्केपछि मात्र मिडियामा सार्वजनिक भएको थियो । यो भ्रमणको उद्देश्य दुई देशबीच थप राम्रो समबन्ध र पारस्परिक विश्वास बढाउनु हो । आगामी केही महीनामा
किमले दक्षिण कोरियाका राष्ट्रपति मून जे–इन र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुनसक्छ ।
चीनसँग सम्बन्ध सुधार्ने विषयमा उत्साह देखाएका किमले आणविक अप्रसार नीतिलाई अघि बढाउन चाहेको बताए । विश्लेषकहरूका अनुसार, ट्रम्पलाई भेट्नुअघि सीलाई भेटेर किमले झड्का दिएका हुन् । अमेरिका आफ्नो साझेदार
दक्षिण कोरियासँग किमको घेटघाट गराएर आणविक हतियार कार्यक्रमलाई हल गराउन चाहन्छ । उत्तरसँग सीधा संवाद गर्ने अमेरिकी कोशिशलाई किम र सीको भेटघाटले निश्चित रूपमा झड्का दिएको छ ।
सन् २०११ मा सत्ता सम्हालेयता किमले पहिलोपटक विदेश भ्रमण गरेका हुन् । चीनले पनि यो भेटघाटमार्फत उत्तर कोरियासँगको कुनै पनि कुराकानी वा सम्झौतामा आफ्नो प्रमुख भूमिका हुने सन्देश दिएको छ । चीनलाई परै राखेर
उत्तर कोरियासँग डील गर्ने अमेरिकाको मनसुबा यसले चकनाचुर पारेको छ ।
किमले चीन भ्रमणपछि जोड दिँदै अमेरिका र दक्षिण कोरियासँग कुराकानी गर्न आफू तयार रहेको बताएका छन् ।
एजेन्सी