काठमाडौँ, २० माघ -संविधान संशोधन र निर्वाचनका विषयमा कसरी अगाडि बढ्ने भन्नेमा कांग्रेस अलमलमै छ । सरकार स्थानीय तहको निर्वाचनको तयारीमा रहेका वेला कांग्रेस स्थानीय निकायको निर्वाचनको पक्षमा छ । बुधबार बसेको संसदीय दलको बैठकमा शीर्ष नेताहरूले पुरानै संरचनाको स्थानीय निकायको निर्वाचनको पक्षमा धारणा राखे, आजको नयाँ पत्रिकाले खबर छापेको छ ।

यता एमाले स्थानीय तहको निर्वाचनको पक्षमा छ । तर, तत्काललाई स्थानीय निकायको निर्वाचन गरे पनि मान्य हुने उसले जनाएको छ । निर्वाचनको माहोल आफ्नो पक्षमा रहेको विश्लेषण एमालेको छ । २ नम्बर प्रदेशमा हुन सक्ने अवरोध र स्थानीय तहको प्रतिवेदनका सन्दर्भमा भने एमालेले धारणा बनाइसकेको छैन ।