०७ असार २०८३, आइतबार

अमेरिकाको भिसा पाउन झन् गाह्रो, दिनुपर्नेछ सबै विवरण

अमेरिकाको भिसा पाउन झन् गाह्रो, दिनुपर्नेछ सबै विवरण

काठमाडौं, १६ चैत — अमेरिकाको ट्रम्प प्रशासनले अमेरिकाको भिसाका सम्बन्धमा नयाँ प्रावधान शुरू गरेको छ । अब भिसा निवेदन दिनेहरूले पुराना सबै मोबाइल नम्बर, इमेल, परिचयपत्र र सामाजिक सञ्जालको इतिहास लगायतका सबै जानकारीहरू उपलब्ध गराउनुपर्ने हुन्छ । 

ट्रम्प प्रशासनले भिसालाई कठिन बनाउने अभियान शुरू गरेर देशका लागि खतरा बनेका मानिसलाई अमेरिका आउनबाट रोक्न खोजेको छ । 

गैरआप्रवासी भिसाबाट अमेरिका आउन चाहने सबैले नयाँ नियमअन्तर्गत अनेकौं प्रश्नको जवाफ दिनुपर्ने हुन्छ । स्टेट डिपार्टमेन्टले नयाँ भिसा फारमबाट सात लाख दश हजार आप्रवासी र १.४ करोड गैरआप्रवासी भिसा निवेदकमा असर पर्ने अनुमान गरेको छ । 

सरकारी दस्तावेजमा उल्लेख भएअनुसार, भिसा निवेदकहरूले आफ्नो परिचय र सामाजिक सञ्जालमा आफ्ना अकाउन्टहरूको सबै विवरण उपलब्ध गराउनुपर्छ । विगत पाँच वर्षमा प्रयोग गरेको फोन र मोबाइल नम्बरको विवरण पनि उपलब्ध गराउनुपर्ने हुन्छ । 

अन्य प्रश्नमा पाँच वर्षअघिसम्म प्रयोग गरेका सबै टेलिफोन नम्बर, इमेल ठेगाना र विदेश भ्रमणसम्बन्धी विवरण उपलब्ध गराउनुपर्छ । 

नयाँ भिसा फारमका बारेमा मानिसहरूबाट ६० दिनभित्र टिप्पणी गर्न लगाइनेछ । सामाजिक सञ्जालमा पनि यससम्बन्धी प्रश्न राखिनेछ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्