
काठमाडौं, १६ चैत– राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश– २०७४ शुक्रबार संसदमा पेश भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अध्यादेश पेश गरेका हुन् ।
देउवा नेतृत्वको सरकारले गत कात्तिक ६ गते जारी गरेको अध्यादेश शुक्रवारको प्रतिनिधिसभा बैठकमा पेश भएको हो । राष्ट्रपतिले कात्तिक २४ गते त्यसलाई प्रमाणीकरण गरेकी थिइन् ।