०१ असार २०८३, सोमबार

इलामको गोदकबाट एनआईसी एसिया बैंकको शाखारहित बैंकिङ सेवा

इलामको गोदकबाट एनआईसी एसिया बैंकको शाखारहित बैंकिङ सेवा

इलाम, १६ चैत-एनआईसी एसिया बैंकले इलामबाट शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । इलामको घट्टाबजार गोदकबाट यस्तो सेवा शुरु भएको हो ।

शाखारहित बैंकिङ सेवाको समुद्घाटन इलाम नगरपालिका, वडा नं. १० का मानव अधिकार निगरानी समितिका अध्यक्ष चन्द्रमणि गौतमले गरे । उक्त सेवा सञ्चालनका लागि बैंकले प्रतिनिधिकोरूपमा धर्ममणि गौतमलाई नियुक्त गरेको छ ।

यस सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले आफ्नै गाउँमा स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोबारका लागि स्थानीय बासिन्दा लामो दूरीसम्म हिँड्नु पर्ने बाध्यताको अन्त्य हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडीएसएल, डिस होम) को महशुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको सावा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।
यस बैंकका मुलुकभरी १८७ शाखा र १९० एटीएम छन् ।

४ वटा एक्स्टेन्सन काउन्टर, ४ वटा शाखारहित बैंकिङ युनिट र ५ हजारभन्दा बढी रेमिट्यान्स पेमेन्ट एजेन्ट रहेको एनआईसी एसिया बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्