०४ असार २०८३, बिहीबार

सशस्त्र लुटेराको आक्रमणबाट ३२ गाउँलेको मृत्यु

चैत १६, २०७४
सशस्त्र लुटेराको आक्रमणबाट ३२ गाउँलेको मृत्यु

 

नाइजेरिया -  नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र जाम्फारामा सशस्त्र लुटेराको एक समूहको आक्रमणमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको नाइजेरियाली अधिकारीले शुक्रबार जनाएका छन् । 

अङ्काको स्थानीय प्रशासन प्रमुख मुस्तफा गाडाले घटनाको पुष्टि गर्दै भने मृतक गाउँलेको अन्तेष्टि गरिएको बताउनुभयो । मृत्यु हुनेमा केही महिला तथा बालबालिकासमेत रहेका उहाँले बताउनुभयो । 

उक्तस्थान वरपर गाउँलेका थप मृत शरीर रहेको हुनसक्ने विश्वासमा खोजी जारी राखिएको छ, उहाँले भन्नुभयो । 
घटनास्थलमा सुरक्षाकर्मीको ठूलो फौज तैनाद गरिएपछि लुटेराहरू गाउँबाट भागेका गाडोले बताउनुभयो । 

सन् २०१८ को खेती लगाउने समयसँगै हुनसक्ने लुटेराको आक्रमणलाई प्रतिकार गर्ने योजना बनाउन स्थानीय बवन दाजी गाउँमा भेला भएका गाउँलेहरूमाथि नै लुटेरा समूहले बिहीबार आक्रमण गरेको सुरक्षा स्रोतले बताएको छ । 

लुटेराले आक्रमण गर्नु पहिले गाउँमा कुनै खेतीजन्य गतिविधि हुनेछैन भनी चेतावनी दिएका बाँच्न सफल केही स्थानीय नाइजेरियालीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्