मनिला, २० माघ-फिलिपिन्सको माओवादी विद्रोहीहरुले बुधबार युद्धविराम अन्त्य गरेको घोषणा गरेका छन् ।
राष्ट्रपति रोड्रिगो डुटेर्टेको सरकारले आफूहरुलाई विश्वासघात गरेको र मानवअधिकार उल्लङ्घन गरेको भन्दै माओवादीले पाँचमहिने युद्धविराम अन्त्य गरेको जनाएको छ ।
झन्डै एक दशकसम्म चलेको रक्तपातपूर्ण द्वन्द्व अन्त्य गर्नेगरी भइरहेको शान्ति वार्ता तेस्रो चरणमा पुगेका बेला उनीहरुले युद्धविराम अन्त्य गरेका हुन् । रासस