१० असार २०८३, बुधबार

वैज्ञानिक स्टीफन हकिङ्गको अन्त्यष्टि आज

चैत १७, २०७४
वैज्ञानिक स्टीफन हकिङ्गको अन्त्यष्टि आज

काठमाडौं, १७ चैत– भौतिकशास्त्री स्टीफन हकिङ्गको अन्तिम संस्कार शनिबार गरिँदैछ । गएको फागुन ३० गते ७६ वर्षको उमेरमा निधन भएका हकिङ्गको क्याम्ब्रिजको युनिभर्सिटी चर्च ग्रेट सेन्ट मेरीमा स्थानीय समय अनुसार दिउँसो २ बजे अन्तिम संस्कार गर्ने तयारी भएको बिबिसीले जनाएको छ । 

उनको अस्तु आउँदो जुनमा वेष्टमिनिस्टरमा रहेको सर आइज्याक न्युटनको समाधिस्थल नजिकै गाड्ने तय भएको छ । मार्च १४ मा निधन भएका हकिङ्गको फ्युनेरल शनिबार दिउँसो एक निजी कार्यक्रमका बिच गरिने तय भएको छ । 

यसका लागि परिवारका सदस्य, साथी तथा सहकर्मीसहित झण्डै पाँच सयजनालाई निम्ता गरिएको छ । तर समारोहमा धेरै मानिस उपस्थित हुने अनुमान छ । वैज्ञानिक हकिङ्गले ब्ल्याक होल र रिलेटिभिटी सम्बन्धी गरेको कामलाई भौतिक विज्ञानमा ब्रेक–थ्रुका रुपमा लिने गरिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्