०५ असार २०८३, शुक्रबार

इन्गेजमेन्ट बारे इशाले यसो भनिन्

इन्गेजमेन्ट बारे इशाले यसो भनिन्

बलिउड अभिनेत्री इशा गुप्ताले फेसन डिजाइनर निखिल थम्पीसँग आफ्नो इन्गेजमेनट भएको खबरको खण्डन गरेकी छिन् । इशाले आफू र निखिल निकै नजिकका साथी मात्रै भएको दाबी गर्दै आफूहरूबीच अन्य सम्बन्ध नरहेको उल्लेख गरेकी छिन् ।

‘निखिल मेरो एकदमै मिल्ने साथी हो । त्योभन्दा हामीबीच अर्काे सम्बन्ध छैन,’ केही दिनयता आफ्नोबारे चलिरहेको हल्ला गलत भएको बताउँदै उनले भनेकी छिन्, ‘म र निखिल एक–अर्कालाई मित्रका रूपमा माया गर्छाैं । मलाई निखिलजस्तो साथीप्रति गर्व छ । म निखिललाई मेरा लागि जीवनसाथी खोजिदिन अनुरोध गर्दछु ।’

पछिल्लो समय इशा र निखिल सँगसँगै देखिँदै आएका छन् । निखिलले नै डिजाइन गरेका डे्स लगाएर पार्टी तथा कार्यक्रममा सँगै उपस्थित भएका विभिन्न तस्बिर इशाले पोस्ट गर्दै आएकी छिन् ।

त्यसकारण उनीहरूबीच इन्गेजमेन्ट भएको गाइगुइँ चलेको हो । फिल्मी करिअर उँचो नभए पनि प्रेम तथा एक्सपोजको मामलाले भने इशालाई वेलावेलामा चर्चामा ल्याइरहने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्