०५ असार २०८३, शुक्रबार

यौन दुर्व्यवहारविरुद्ध ऐश्वर्या

यौन दुर्व्यवहारविरुद्ध ऐश्वर्या

कलिउड नायिका ऐश्वर्या राय बच्चनको सुन्दरता र पर्सनालिटीले प्रायलाई आकर्षित गर्ने गर्छ । यतिवेला ऐश्वर्या छोरी आराध्या र पति अभिषेक बच्चनका साथ अस्ट्रेलियाको सिड्नीमा छिन् । सोही क्रममा नायिका ऐश्वर्याले सामाजिक सञ्जालमा चलेको ‘ह्यास ट्याग मी टु’ अभियानलाई समर्थन गरेकी छिन् ।

यो अभियानअन्तर्गत संसारभरका महिलाहरूले यौन दुव्र्यवहारका घटना सेयर गरिरहेका छन् । हलिउड–बलिउडका सेलेब्रिटीहरूले यौन दुव्र्यवहारबारे सनसनीपूर्ण खुलासा गरेका छन् । यस अभियानबारे कुरा गर्दै ऐश्वर्याले भनिन्, ‘यो अभियानमार्फत आएका मुद्दाहरूमा धेरै चर्चा भइरहेको छ । मान्छेले आफ नो अनुभव सार्वजनिक गरिरहेका छन् । सबैभन्दा सुन्दर कुरा त यो छ कि सबैले यसबारे खुलेर कुरा गरिरहेका छन् । यो अभियानले संसारको कुनै पनि कुना नछुटाओस् ।’

ऐश्वर्याले बताइन्, ‘यो अभियानलाई केवल सो बिजनेस र फिल्म उद्योगमा मात्र सीमित बनाउनुहुन्न ।’‘मी टु ह्यास ट्याग’ अभियान पछिल्लोपटक हलिउड निर्माता हार्वी विन्सटिनलाई महिलाहरूले यौन दुव्र्यवहारको आरोप लगाएपछि सुरु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्