१० असार २०८३, बुधबार

रुसी कूटनीतिज्ञहरूले वाशिङटन छाडे, रुसले पनि ५९ जनालाई निकाल्ने

चैत १८, २०७४
रुसी कूटनीतिज्ञहरूले वाशिङटन छाडे, रुसले पनि ५९ जनालाई निकाल्ने

काठमाडौं, १८ चैत– अमेरिकी सरकारले देश छाड्न आदेश दिएका दर्जनौँ रुसी कूटनीतिज्ञले वाशिङटन छाडेका छन् । कूटनीतिज्ञ र उनीहरूका परिवारका सदस्यसहित करिब १७० जना दुईवटा विमानबाट मस्को जाने कार्यक्रम थियो ।

ब्रिटेनमा एकजना पूर्वरुसी जासुसमाथि स्नायु प्रणालीमा असर पार्ने विषाक्त रासायनिक पदार्थ प्रयोग गरी हमला गरेको घटनालाई लिएर अमेरिकाले देश छाड्न आदेश दिएको थियो । रुसी कूटनीतिज्ञहरूले वाशिङटन छाड्दै गर्दा सेन्ट पिटर्सबर्गस्थित अमेरिकी कन्सुलेट बन्द गर्ने रुसी सरकारको निर्देशनपछि त्यहाँबाट अमेरिकी झण्डा हटाइएको छ ।

शनिवार रुसी विदेश मन्त्रालयले मस्कोस्थित ब्रिटिश राजदूतलाई बोलाएर ब्रिटेनमा आफूहरूको कूटनीतिक उपस्थिति घटाइए सरह ब्रिटिश उपस्थिति घटाउन भनेको थियो । तर रुसी विदेश मन्त्रालयकी प्रवक्ता मरिया जखाराभाले समग्रमा ब्रिटेनले कूटनीतिज्ञ कटौती गर्नुपर्ने बताएकी छन् ।

रुसले थप २३ देशका ५९ कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेको छ । जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने निश्कर्ष निकाल्दै रुसले आफ्नो देशमा रहेका विदेशी कूटनीतिज्ञलाई निष्कासन गर्न लागेको हो ।

पछिल्लो समयमा विश्वका थुप्रैं देशले रुसी कूटनीतिज्ञलाई निस्कासन गरेको बदलामा रुसले पनि ती देशका कूटनीतिज्ञलाई देश निकाला गर्ने थालेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्