१२ असार २०८३, शुक्रबार

जब मन्त्रीले बाँझो बारी जाेते...

जब मन्त्रीले बाँझो बारी जाेते...

काठमाडौं, १९ चैत– कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मुलुकमा बाँझो बारी राख्न नहुने सन्देश दिनका लागि बाँझो बारी जोतेका छन् । पुलचोक स्थित मन्त्री क्वाटर प्रवेश गर्ने क्रममा उनले आज बाँझो बारी जोतेका हुन् । 

उनले ट्याक्टरले बाँझो बारी जोतेका हुन् । कुनै पनि बारी बाँझो राख्न नहुने सन्देश दिनकै लागि आफूले बारी जोतेको उनले बताए । खेतीयोग्य जमिन बाँझो राख्न नदिने गरी सरकारले कानून निर्माण गर्ने उनको भनाइ छ ।  

उनले भने, ‘यसका लागि कृषि मन्त्रालयसँग परार्मश गरेर अगाडि बढिने छ ।’ मन्त्री तामाङले अब कसले राम्रो तरकारी फलाउने भन्नेमा मन्त्रीहरु बीच नै प्रतिस्पर्धा हुने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्