०९ असार २०८३, मंगलबार

प्रदेश १ : प्रदेशसभा बैठक आज बस्दै, आर्थिक कार्यविधि पास गर्ने

प्रदेश १ : प्रदेशसभा बैठक आज बस्दै, आर्थिक कार्यविधि पास गर्ने

विराटनगर, १९ चैत– एक नम्बर प्रदेश सभा बैठक आज बस्दैछ । १४ गतेको संसदमा पेस भएको आर्थिक कार्यविधि आज पास हुँदै छ । 

संशोधन दर्ताका लागि तोकिएको ७२ घण्टामा कुनै संशोधन नपरेपछि प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास हुने निश्चित भएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले गत चैत १४ गते सरकारको तर्फबाट संसद बैठकमा उक्त विधेयक पेस गरेका थिए । 

प्रदेशसभा सचिवालयका सचिव केदारप्रसाद पनेरुले विधेयक संशोधनको लागि कुनै पनि संशोधन प्रस्ताव नपरेको जानकारी दिए । संसद बैठक दिउँसो १ बजेलाई बोलाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्