०६ असार २०८३, शनिबार

सीमामा खटिएका भारतीय सेनाको मोबाइल नेटवर्कमा आयो सन्देश – वेलकम टु चाइना

सीमामा खटिएका भारतीय सेनाको मोबाइल नेटवर्कमा आयो सन्देश – वेलकम टु चाइना

काठमाडौं, १९ चैत — भारतको अरुणाचल प्रदेशस्थित किबिथू र काहो इलाकामा मोबाइल नेटवर्क बन्द हुन्छ । अनि अचानक फोनमा हलचल हुन्छ र स्क्रीनमा तीन शब्द देखिन्छन् – वेलकम टु चाइना । 

भारतीय क्षेत्रमा भारतीय मोबाइल फोन कम्पनीको नभई चिनियाँ कम्पनीका सिग्नल आउन थालेका छन् । पूरा सिग्नल देखिन्छ र त्यसको भाषा पनि म्यान्डरिन आउँछ । मोबाइल फोनको समय पनि चीनको समयभन्दा अढाइ घन्टा अगाडि छ । 

चीन सीमामा भारत स्वतन्त्र भएको ७१ वर्ष बितिसक्दा समेत आधारभूत सुविधाहरू उपलब्ध छैनन् । यो क्षेत्रलाई जोड्नका लागि एकमात्र सडक छ र त्यो पनि भूस्खलनका कारण बन्द भइरहन्छ । 

अर्कातर्फ वास्तविक नियन्त्रण रेखापारि चिनियाँ क्षेत्रमा चिनियाँ सेनाले भव्य सैन्य अड्डा बनाएको छ । त्यो तीनतल्ले भवन हो ।

यो भवनलाई जोड्नका लागि एकदमै चौडा पक्की सडक बनेको छ । सीमामा जनमुक्ति सेनाका सैनिकहरूमाथि नजर राख्ने भारतीय अधिकारीले भने, ‘यहाँ सडक र मोबाइल सम्पर्क दुवै छैन । यसले गर्दा हामीलाइृ समस्या हुन्छ ।
घाइते सैनिकलाई यहाँबाट लैजान समेत चुनौतीपूर्ण छ । यो ठाउँलाई जोड्ने एकमात्र सडक पनि प्रायः भूस्खलनको चपेटामा पर्छ ।’

उनले थपे, ‘युद्धको स्थितिमा हाम्रो सडक सम्पर्क भत्कियो भने सैनिक तथा बन्दोबस्तीका सामानलाई अर्को ठाउँमा कसरी लग्ने ? यहाँ सडक सम्पर्कको ठूलो समस्या छ ।’

अर्का सैन्य अधिकारीले बताएअनुसार, अरुणाचल प्रदेशमा कुनै पनि सडक वास्तविक नियन्त्रण रेखाबाट २० देखि ७० किलोमिटर पर छ । यसले गर्दा भारतीय सैनिकहरूले पैदलै भारतीय क्षेत्रमा गश्ती गर्नुपर्छ । 

उता चिनियाँ सैनिकहरू नियन्त्रण रेखाभन्दा टाढै बसेपनि आफूले चाहेको बेलामा जहाँ पनि सैनिकलाई पठाउन सकिन्छ । दोक्लम गतिरोधपछि भारतले सम्पर्क वृद्धिको प्रयास तीव्र गरेको छ । त्यसैक्रममा हवाई र किबिथूलाई
जोड्नका लागि पुल बनाइँदैछ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्