१६ असार २०८३, मंगलबार

सूसू बेस्सरी गनाउँछ ? यी हुन सक्छन् कारण

कात्तिक २०, २०७४
सूसू बेस्सरी गनाउँछ ? यी हुन सक्छन् कारण
काठमाडौं, २० माघ — शौचालयमा गएर सूसू गरेपछि कस्तो गन्ध आउँछ भनेर विचार गर्नुभएको छ ? छैन भने आजैबाट गर्न थाल्नुस् । असामान्य रूपमा पिसाब गनायो भने रोगको लक्षण हुन सक्छ ।


पिसाबले तपाईंको स्वास्थ्यका बारेमा धेरै कुरा बताइदिन्छ । यसको रंगबाट त धेरै कुरा थाहा लाग्छ नै, गन्धबाट पनि शरीरभित्रका हलचल पत्ता लाग्छन् ।

तपाईंको शरीरमा पर्याप्त पानी छैन भने पिसाबमा कडा अमोनियाको गन्ध आउँछ । पानीको अभावमा पिसाबको रंग पनि बदलिएर पहेंलो देखिन्छ र गन्ध पनि कडा आउँछ । पर्याप्त पानी पिउन थाल्नुभयो भने यो समस्या हराउँछ ।

मूत्रनली खराब भयो भने पनि पिसाब गनाउँछ । मूलथैलीमा समस्याका कारण पनि यसो हुन्छ । तत्कालै चिकित्सकको परामर्श लिनुपर्छ ।

बेस्सरी लसून प्याज खानुभयो भने पनि सूसू गनाउँछ । सास गनाउनुका साथसाथै पिसाब पनि गनाउने बनाइदिन्छ लसून प्याजले ।

कुरीलो खाएपछि पनि पिसाब गनाउँछ । हुन त यो खाएपछि सबैको मूत्र गनाउँछ भन्ने छैन । तर कुरीलो पेटमा टुक्रिएपछि भने पिसाब गनाउने बनाइदिन्छ ।

बढी कफी पियो भने पनि पिसाब गनाउँछ ।

मधुमेह लागेको छ भने पनि पिसाब गनाउँछ । मधुमेहका रोगीको पिसाब सुगन्धित हुन्छ ।

मूत्रथैली र आन्द्राको बीचमा फोको उठ्यो भने पनि पिसाब गनाउँछ ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्