१२ असार २०८३, शुक्रबार

चार वर्षपछि एकैसाथ देखिनेछन् तीन खान, विशेष छ कारण

चार वर्षपछि एकैसाथ देखिनेछन् तीन खान, विशेष छ कारण

काठमाडौं, २० चैत — इरफान खानको फिल्म ब्ल्याकमेल यही शुक्रवार रिलिज हुँदैछ । तर आफ्नो रोगका कारण उनले फिल्म प्रमोट गर्न पाएका छैनन् । 

यो अप्ठ्यारो समयमा इरफानलाई बलिउडका तीन ठूला खानको समर्थन प्राप्त भएको छ । तीनैजनाले इरफानको फिल्मलाई मिलेर प्रमोट गर्ने भएका छन् । 

मुम्बई मिररको रिपोर्टअनुसार, आमिर शाहरुख र सलमानका लागि फिल्मको विशेष स्क्रीनिङ राखिनेछ । त्यसै अवसरमा उनीहरूले फिल्म प्रमोट गर्नेछन् । तीनै खान साथ आए भने प्रशंसकहरूका लागि गजबको खबर हुनेछ । 

सन् २०१४ मा एक टीभी शोमा तीन खान आएका थिए । त्यसपछि अहिले मात्र यिनीहरू साथ देखिन लागेका हुन् । 

इरफानलाई न्यूरो इन्डोक्राइन ट्यूमर नामक रोग लागेको छ । उनी अहिले लन्डनमा यसको उपचार गराइरहेका छन् । उनलाई गम्भीर रोग लागेको थाहा पाएपछि बलिउड जगत् र उनका प्रशंसकहरू स्तब्ध भएका थिए । 

हालै अमिताभ बच्चनका लागि ब्ल्याकमेल फिल्मको विशेष स्क्रीनिङ राखिएको थियो । फिल्म हेरेपछि उनले बेस्सरी तारिफ गरे । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्