२५ जेठ २०८३, सोमबार

नियुक्ति पाएको भोलिपल्ट महानिर्देशक लोहनीले भने- औषधि खरिदको प्रक्रिया आजैबाट सुरु भयो

चैत २०, २०७४
नियुक्ति पाएको भोलिपल्ट महानिर्देशक लोहनीले भने- औषधि खरिदको प्रक्रिया आजैबाट सुरु भयो

काठमाडौँ, २० चैत - स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा गुणराज लोहनीले आज पदवहाली गर्नुभएको छ । 
महानिर्देशक लोहनीले औषधि खरिद प्रक्रिया र रेबिजविरुद्धको ‘एन्टी रेविज भ्याक्सिन’को खरीद प्रक्रियालाई आजैबाट अगाडि बढाएको बताउनुभयो । 
“राष्ट्रिय बिमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी रहँदा पनि मैले यहाँका समस्या नजिकबाट बुझेको छु, औषधि र एन्जिरेविज भ्याक्सिनको अभाव परिपूर्ति गर्न आजैबाट काम सुरु गरेको छु’’ महानिर्देशक लोहनीले भन्नुभयो । 
सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले डा लोहनीलाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिनुभएको हो । 
एक महिनाभन्दा बढी समय महानिर्देशक नहुँदा औषधि खरिदलगायतका काममा बजेट पठाउन नसक्दा विभिन्न जिल्लामा औषधि खरिदको काम रोकिएको छ भने रेबिजविरुद्धको भ्याक्सिन पनि अभाव हुने अवस्थामा पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्