काठमाडौं, २७ मंसिर — कहिलेकाहीँ हामीलाई आफ्ना पुराना पोस्ट वा तस्वीर के दिमागमा आएर हालिएछ भन्ने लाग्न सक्छ । यस्तो तपाईंलाई पनि हुन्छ भने फेसबूक सम्बन्धी यो खबरले तपाईंलाई तनाव दिन सक्छ ।

आजकल फेसबूकमा धेरै गडबडी भइरहेका छन् । यही गडबडीका कारण पुराना पोस्टहरू युजरको अनुमतिविना नै फेसबूकले पोस्ट गर्न सक्ने भएको छ ।
केही दिनअघि फेसबूकका धेरै युजर्सलाई मृत घोषणा गरिएको थियो । प्राविधिक गडबडीका कारण मार्क जुकरबर्ग पनि मृत घोषित भएका थिए ।
फेसबूकले युजरहरूका यादलाई सम्हालेर राख्नका लागि अन दिस डे (मेमोरी) र इयर रिभ्यु फिचर ल्याएको छ । तर यी कुरा युजरको वालमा शेयर गरेपछि मात्र देखिने हो ।
तर अहिलेको समस्याका कारण युजरको अनुमतिविना नै स्टेटस वा अन्य पोस्ट आफैं भइरहेका छन् । धेरै युजरले यस समस्याको बारेमा जानकारी दिन ट्विटरको सहारा लिएका छन् ।
एक फेसबूक प्रवक्ताका अनुसार यसमाथि जाँच चलिरहेको छ ।
एजेन्सी