
चर्चित भारतीय अभिनेता सलमान खान समस्यामा परेका छन् ।
बहुचर्चित कालो हरिण शिकार अभियोगमा फिल्म अभिनेता सलमान दोषी ठहर भएका छन् ।
यसका साथ अन्य सवै आरोपीले सफाइ पाएका छन् ।
सरकारी वकिलले सलमान खानलाई ६ वर्षको जेल सजायको माग गरेका छन् ।
दुई बहिनीसँग अदालत गएका सलमान निकै दुखि देखिएकी छन् ।
अदालतमा बहस पुरा भएको छ अब केही बेरमा सजायको फैसला आउने छ ।
वकिलले कोर्टसमक्ष सलमानलाई कम सजायको माग गरेका छन् ।
कालो हरिणको सिकार गरेको २० वर्ष पुरानो अभियोगमा उनी मुद्दा झेलिरहेका थिए ।
सलमानले सजाय पाएको खण्डमा करोडौं रुपैयाँ समेत गुमाउने छन् ।
सलमान अहिले कयौं प्रोजेक्टमा व्यस्त छन् ।
उनी अहिले रेस ३ को सुटिङ गरिरहेका छन् । रेमो डिसुजाको निर्देशनमा बनिरहेको यो फिल्मको शुटिङ आधा भएको छ । फिल्मको बजेट १ सय करोड रुपैयाँ हो । सलमान मुख्य भूमिकामा छन् । यदी सलमानले लामो सजाय पाए लगानी कर्ताको रकम फस्न सक्छ ।
सलमान खाल भारत नामको फिल्ममा पनि काम गरिरहेका छन् । जो कोरियन फिल्म अड टू माइ फादरको हिन्दी रिमेक हो । यदी सलमानलाई लामो सजाय भए फिल्मको काम रोकिने छ ।
दवंगको सीरिज दवंग ३ मा पनि सलमान रहने तय छ । यस फिल्मको शुटिङ यसै सालको अन्तिममा शुरु गर्ने तयारी छ ।
विग बोस १२ मा सलमान खालले होस्ट गर्ने तय भइसकोे छ । अक्टुबरमा शुरु हुने शोका लागि सलमानले ११ करोड रुपैयाँ लिन तय भइसकेको छ यदी उनलाई सजाय भएको खण्डमा यो शोमा पनि नयाँ होस्ट खोज्नु पर्ने हुन्छ ।