०९ साउन २०८३, शनिबार

सार्वजनिक बिदा कटौती गरेकोमा राप्रपाको बिरोध

सार्वजनिक बिदा कटौती गरेकोमा राप्रपाको बिरोध

काठमाडौँ, २२ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले सचिवालय समितिमा तीन सदस्य थप गरेको छ । 

पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रवक्ता राजेन्द्र गुरुङ(ओखलढुंगा) सहायक महामन्त्री विजयकला राई (खोटाङ) र नेता कृष्णबहादुर राउत (काठमाडौँ) लाई समितिमा मनोनयन गरेको छ । 

प्रदेशस्तरीय राजनीतिक गतिविधि सञ्चालनका लागि प्रदेश नं १ र ७ मा क्रमशः दुई र एक समूह गरी तीन टोली खटाउने निर्णय पनि गरिएको प्रवक्ता गुरुङले जानकारी दिए । बैठकले महामन्त्रीद्वय धु्रवबहादुर प्रधान र राजाराम श्रेष्ठले प्रस्तुत गरेको सांगठनिक र सचिवालयसम्बन्धी प्रतिवेदन पारित गरेको छ । राष्ट्रिय एकता र प्रजातन्त्र दिवस, घटस्थापना, कृष्णजन्माष्टमीलगायत पर्वमा सरकारले बिदा कटौती गरेकामा बैठकले असन्तोष व्यक्त गर्दै शदियौदेखि चलिआएको हिन्दू परम्परा र संस्कृतिसँग जोडिएका बिदा र एकता दिवसको बिदा कायम गराउन माग गरेको छ । 

यसैबीच एकीकृत राप्रपा (राष्ट्रवादी)का केन्द्रीय सदस्य सुन्दर पाण्डेले पार्टीले पृथ्वीपथ, हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाका बारेमा विचार नछाडेको स्पष्ट गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्