११ असार २०८३, बिहीबार

एउटा सेल्फीले इन्टरनेटमा सनसनी मच्चाउँदैछिन् यी युवती

कात्तिक २०, २०७४
 एउटा सेल्फीले इन्टरनेटमा सनसनी मच्चाउँदैछिन् यी युवती

मुम्बई– बलिउड अभिनेता शाहरुख खान केहि पहिले आफ्नो फिल्म रइसको प्रमोशनका लागि पुणेस्थित सिम्बिओसिस कलेजमा पुगे । सो क्रममा उनले आफ्ना फ्यानसँग एक सेल्फी लिएर सामाजिक सञ्जालमा पोस्ट गरिदिए ।selfie
यही सेल्फीमा समेटिएकी एक युवती इन्टरनेटमा सनसनी बन्न पुगेकी छिन् । ति युवती थिइन् २१ बर्षीया साइना हुसेन । उनी सोहि कलेजकी विद्यार्थी भएको समाचारमा जनाइएको छ । उनी कश्मिरको राजधानी श्रीनगरकी हुन् ।
शाहरुखले पोस्ट गरेको फोटोमा धेरै समर्थकले साइनाको बारेमा चासो राखेका छन् भने कतिले त उनीसँग बिहे गर्नेसम्मको प्रस्ताव समेत राखेका छन् ।selfie 1
साइनाले आफ्नो फोटो इन्टरनेटमा चासोको विषय बनेकाले आफू खुसी भएको तर यस्तो आफ्नो जीवनमा पहिलो पटक भएको बताएकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्