काठमाडौं, २१ माघ– सरकारले निक्षेप र कर्जाको ब्याजदर अन्तर घटाउने रणनीति सार्वजनिक गरेको खबर आजको कारोबार दैनिकमा छापिएको छ ।
.jpg?1486082738288)
सरकारले सार्वजनिक गरेको वित्तीय क्षेत्र विसका रणनीति मा ब्याजदर अन्तर तल झार्ने रणनीति लिइएको छ ।
विश्व बैंकले नेपालको लागि अबलम्बन गरेको तेस्रो चरणको वित्तीय क्षेत्र सुधार(डीपीसी थ्री) अन्तर्गत सरकारले यो रणनीति तयार पारेको हो ।
आर्थिक वर्ष २०७२–०७३ मा निक्षेप र कर्जाको ब्याजदर अन्तर ५.६ प्रतिशत थियो । सरकारले रणनीतिक कार्यान्वयन गर्ने समयसम्म यस्तो अन्तरलाई ४.४ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ ।
राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी सरकारले वित्तिय क्षेत्र रणनीतिमा ब्याजदर घटाउन लाग्नुपर्ने बताउँछन् ।
‘हाम्रो नीति भनेको निक्षेपको ब्याजदर दुई प्रतिशत हुने र कर्जामा ६ प्रतिशत हुने खालको पनि होइन, यस्तै निक्षेपमा १०–१२ प्रतिशत र कर्जामा १६–१७ प्रतिशत ब्याजदर पुगोस् भन्ने पनि होइन’, उनले भने, ‘निक्षेपको ब्याजदर ६–७ प्रतिशत र कर्जाको १०–११ प्रतिशत होस् भन्ने हामीले खोजेका हौं ।’
बैंकहरुले असहले मुद्यती निक्षेपको ब्याजदर अत्याधिक बृद्धि गरेपनि सर्वसाधारणले बढी पैसा राख्ने साधारण बचत खातामा भने ब्याजदर बढाएका छैनन् ।