२१ असार २०८३, आइतबार

पुनर्निर्माण प्राधिकरणद्वारा एक खर्बभन्दा बढी खर्च

चैत २३, २०७४
पुनर्निर्माण प्राधिकरणद्वारा एक खर्बभन्दा बढी खर्च

काठमाडौँ, २३ चैत- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत फागुन मसान्तसम्म रु एक खर्ब एक अर्ब ६२ करोड निर्माणका क्षेत्रमा खर्च गरेको छ । 

अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा गरी देशका ३२ जिल्लामा भूकम्पपीडितलाई घर, विद्यालय, सम्पदा निर्माणलगायत क्षेत्रमा सो रकम खर्च गरिएको हो । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ती ३२ जिल्लामा करीब एक लाख १३ हजार घर निर्माण भइसकेको जानकारी दिँदै तीन लाख ८४ हजार घर निर्माणका क्रममा रहेको बताउनुभयो । 

प्राधिकरणसँग पर्याप्त रकम नभएका कारण प्रभावितलाई रु तीन लाख उपलब्ध गराउन नसकिएको उहाँले बताउनुभयो । विसं २०७२ मा गएको भूकम्पबाट सात हजार ५५३ विद्यालयमा क्षति पुगेकामा तीन हजार विद्यालय बनिसकेको र एक हजार ७०० विद्यालय बन्ने क्रममा रहेको जनाइएको छ । 

त्यस्तै, ७५३ सांस्कृतिक सम्पदामा नोक्सान भएकामा करीब १०० सम्पदा निर्माण भइसकेको प्राधिकरणले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्