११ असार २०८३, बिहीबार

रक्षा मन्त्रायको वेभसाइट ह्याक

चैत २३, २०७४
रक्षा मन्त्रायको वेभसाइट ह्याक

नयाँदिल्ली, २३ चैत - भारतको रक्षा मन्त्रालयको आधिकारिक वेभसाइट ह्याक (अवरुद्ध) भएको छ । 
सोमबार ह्याक भएको वेभसाइट सूचालु गराउने प्रयास भइरहेको सुरक्षा अधिकारीहरूले जनाएका छन् । 
वेभसाइटमा चिनियाँ अक्षरहरु देखिएकाले चिनियाँ ह्याकरहरुले ह्याक गरेको हुन सक्ने अनुमान गरिएको बताइएको छ । 
वेभसाइटको व्यवस्थापन गर्दै आइरहेको राष्ट्रिय सूचना विज्ञान केन्द्रले भनेको छ, “हाम्रा वेभसाइटका सामग्रीहरू अवरुद्ध भएका छन् ।” 
मन्त्रालयका प्रवक्ताले पनि अवरुद्ध वेभसाइट सूचालु गराउने प्रयास भइरहेको जानकारी दिए पनि कसले र किन समस्या उत्पन्न गरेको भन्ने अनुसन्धान भइरहेको बताए । 
अर्का सरकारी अधिकारीले भने चिनियाँ ह्याकरहरू वेभसाइटलाई प्रभावित गर्ने कार्यमा संलग्न भएको हुन सक्ने आशंका व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्