
कालो हरिण शिकार मामलामा दोषी ठहर भएका सलमान खान दुई दिनदेखि जेलमा छन् ।
भाइजानको फ्यान जेलमा पनि छन् जो सलमानसँग रात काट्न पाएकोमा खुसी छन् ।
माहोल यस्तो बनेको छ कि जोधपुर जेलमा बन्द सलमान खान जेल कर्मचारी तथा उनीहरुको परिवारका लागि अटोग्राफ दिइरहेका छन् । उनीहरुसँग सेल्फि खिच्न पनि सलमान व्यस्त हुने गरेका छन् ।
जानकारीका अनुसार जेल तथा स्टाफ लगातार सलमान खानसँग भेटवार्ता गरिरहेका छन् । जहाँ सम्म जेल प्रशासनले आफ्नो नातेदार, बच्चा तथा आफ्ना कयौं परिचितहरु सलमानसँग भेटगराएका छन् ।
जेलका डीआईजी तथा जेलरले आफ्नो मात्र नभइ परिवार नै ल्याएर सलमान खानसँग भेट गराएका छन् र सेल्फी खिचाएका थिए ।
जेलका अन्य कर्मचारीले पनि सलमानसँग सेल्फि खिच्न आग्रह गरे जसलाई सलमान हास्दै स्विकार गरेका थिए ।
कसरी वित्यो सलमानको रात
पहिलो रात सलमान खानले अधिकांश सयम जेलका अधिकारीसँग बसेर विताएका थिए । उनले चनाको दाल र बन्दागोभीको तरकारी खाएका थिए । जेलका कर्मचारीसँग गफ गरेर बसेका उनी केही समय भुइँमा सुतेका थिए । दोस्रो दिन उनलाई केही राहत मिल्यो किनकी उनलाई भेट्न जेलमा अभिनेत्री एवं सलमानकी नजिककी साथी प्रीति जिन्टा पुगेकी थिइन् ।
सलमान खान हरिणको शिकार गरेको २० वर्ष पुरानो मुद्दामा दोपी पाएसँगै पाँच वर्षको जेल सजायमा छन् । आज उनलाई जमानतमा रिहा गर्नका लागि सुनुवाई हुनेछ ।