०१ असार २०८३, सोमबार

भारतीय सेलिब्रेटीका अनौठा बानी–ट्वाइलेटमा फलफूल खानेदेखि छतमा बाथटब राखेर नग्न नुहाउनेसम्म

भारतीय सेलिब्रेटीका अनौठा बानी–ट्वाइलेटमा फलफूल खानेदेखि छतमा बाथटब राखेर नग्न नुहाउनेसम्म

बलिउडका केही सेलेब्रिटी निकै खराब बानीको सिकार छन् । युवा पुस्ताका मात्रै होइन, वृद्धावस्थाका सेलेब्रिटीमा समेत खराब बानी छ, जुन सुन्दासमेत अचम्म लाग्छ । भारतीय अनलाइन मिडियाले उल्लेख गरेअनुसार ७६ वर्षीय अभिनेता जितेन्द्र कपुरको ट्वाइलेटमा फलफूल खाने निकै घिनलाग्दो बानी छ ।

जितेन्द्र आफ्नो घरको ट्वाइलेट पसेपछि भित्र गएर मेवालगायत अन्य फलफूल खाने गर्दछन् । जितेन्द्रको यो बच्चैदेखिको बानी हो । उनले अहिलेसम्म पनि सुधार्न सकेका छैनन् । उनको ट्वाइलेटमा दिनहुँ ताजा फलफूल राख्ने गरिएको बताइन्छ ।

अभिनेत्री सुस्मिता सेन खुला आकाशमुनि नुहाउन मन पराउँछिन् । उनले आफ्नो घरको छतमा बाथटब बनाएकी छिन् । उनी त्यहीँ खुला रूपमा नुहाउने गर्दछिन् । उनलाई सर्पप्रति विशेष प्रेम छ । केही समयअघि उनले पाइथन नामक सर्प पालेको खबर फैलिएको थियो ।

पूर्वपोर्नस्टार सनी लियोन हरेक १५ मिनेटमा खुट्टा धुने गर्दछिन् । उनी सुटिङका क्रममा पनि खुट्टा धोइरहन्छिन् । उनले बच्चैदेखि आफूले पटक–पटक खुट्टा धुने गरेको बताएकी छिन् ।

बलिउडका बादशाह शाहरुख खानलाई फुटवेयरको एलर्जी छ । त्यसकारण उनी हत्तपत्त जुत्ता फुकाल्न चाहँदैनन् । कहिलेकाहीँ त उनी जुत्ता लगाएरै सुत्ने गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अभिनेत्री करिना कपुर खानको नङ टोक्ने बानी छ । उनलाई बच्चैदेखि यो बानी परेको हो । जति कोसिस गरे पनि उनी अहिलेसम्म यो बानीबाट मुक्त हुन सकेकी छैनन् । ब्रिट्नी स्पेयर्स लथालिंग अवस्थामा सुत्न मन पराउँछिन् ।

उनको बेडमा कपडाहरू यत्रतत्र छरिएका हुन्छन् । त्यति मात्रै होइन, उनी दाँत माझ्न मन पराउँदिनन् । त्यसैले उनको मुखबाट सधैँ दुर्गन्ध आउने गरेको बताइन्छ । अर्की गायिका केसाको बानीबारे सुन्दा जो पनि चकित पर्छ । कतिले नाक खुम्च्याउँछन् पनि । केसा आफ्नै पिसाब पिउने गर्छिन् । यो उनको बानी भइसकेको छ ।

हलिउड सुपरस्टार ब्राड पिट नुहाउन निकै अल्छी गर्छन् । उनी हप्तामा मुस्किलले एकचोटि नुहाउने गर्छन् । हत्तपत्त ननुहाउने बानीका कारण को–स्टारहरू उनको शरीरबाट दुर्गन्ध आउने गरेको बताउँछन् ।

अर्का हलिउड स्टार जोनी डिप हत्तपत्त कपडा फेर्न मन पराउँदैनन् । त्यसकारण उनी कहिले हप्तौँसम्म एउटै कपडामा देखिने गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्